दाङमा आगलागीः तीनजनाको मृत्यु

592
views

तुल्सीपुर, २८ मंसिर । दाङमा छुटाछुटै आगलागीमा परि ३ जनाको मृत्यु भएको छ । आगालागीमा करोडौंं मूल्य बराबरको समान जलेको छ । बंगलाचुली गाउँपालिका–८ गुराँसेमा आगलागी भएको थियो ।

मृत्यु हुनेमा नवराज पुनका पुनका ७ वर्षीय छोरा कृष्णकुमार पुन, ५ वर्षीया छोरी अस्मिता पुन र दुई वर्षीया छोरी अञ्जु पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खरले छाएको घरमा सोलारको ब्याट्रि पड्किएर आगलागी भएको प्रहरीको भनाई छ । आगलागीबाट घरमा रहेका ७ ओटा गाई र ४ वटा बाख्रा जलेर मरे ।

त्यस्तै दाङ तुलसीपुरको एक जुत्ता पसलमा पनि भीषण आगलागी भएको छ । शुक्रबार बिहान तुलसीपुर–५ वीरेन्द्र चोकनजिकै रतननाथ टोलमा रहेको भीम प्रकाश घिमिरेको आफ्नै घरमा रहेको अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको हो ।

आगालागिबाट करोडौँ मूल्य बराबरको सामान जलेर नस्ट भएको छ । आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए ।