द्वन्द्वपीडितका १२ बर्ष, आँशु, आशा र आवेगमै

1328
views

सचिन्द्र श्रेष्ठ
बाग्लुङ्ग, २९ मंसिर । न्यायको पालि गाँसेर हेर्न थालेका द्वन्द्वपीडितले १२ बर्ष गुजारेका छन् । १२ बर्षको यस समयमा उनीहरुले आँशु, आशा र आवेगमै बिताए । तर, राजनीतिक दलका नेताहरु सुरक्षित बनिसकेका छन् । नेता सुरक्षित हुँदा न्याय हराएर दण्डहिनता मौलाउँदै गएको पीडितले बताएका छन् ।

इक्वेल एक्सेसको आयोजना र द्दन्दपीडित साझा चौतारी लगायतका संस्थाहरुको सहकार्यमा बागलुङमा आयोजित कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । द्वन्द्वसंग सम्बन्धित महिला हिंसा, विषयक अन्तरपुस्ता संवाद कार्यक्रमका सहभागिहरुले नेताहरु सुरक्षित हुनेगरी सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी विध्येक तयार पारेको आरोप लगाए ।

कार्यक्रममा सहभागी द्वन्द्वपीडितले बेपत्ता पारिएका तथा मृतक परिवारको न्यायको लागि भन्दा आफुहरु सुरक्षित हुने र पीडकलाई कारबाहि नहुने गरिे सरकारले कानुन ल्याउँदा चुनौति थपिएको दुखेसो गरे ।

कार्यक्रममा बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले शिर्ष नेतालाई द्वन्द्वपीडितका विषयमा गम्भिर बन्न सुझाए । गौतमले काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी नेता पुष्पकमल दाहाल र केपी ओलि लगायतका नेताहरुले आफुहरुलाई सुरक्षित हुने गरि विद्येयक बनाउँदा पीडितले न्याय पाउन नसकेको बताए ।

सोही कार्यक्रममा नागरिक समाजका अध्यक्ष काजी गाउँले श्रेष्ठले पीडकबाट पीडित भएको भन्दै पीडितको लागि संघर्षको विकल्प नरहेको बताए ।

कार्यक्रममा मानव नागरीक संजालका संयोजक यवं अधिकारकर्मी सिताराम थापाले राजनीतिक दल, सरकार र दातृ निकायको सहकार्यमा पीडितलाई समयमै न्याय दिनुपर्ने सुझाए ।

१२ बर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाउन नसकेको भन्दै उनीहरुले समयमा नै न्याय पाउनुपर्नेमा अधिकारकर्मि र सञ्चारकर्मीले समेत आवाज उठाए ।