उदयपुर सिमेन्ट उद्योगमा पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

1090
views

गाईघाट । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ । प्रतिदिन आठसय मेट्रिकटन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको उद्योगले सिमेन्ट उत्पादन कार्य शुरु गरेको उद्योग प्रशासनले बताएको छ ।

उदयपुर जिल्लाको जलजलेमा २८ वर्षअघि जापान सरकारको सहयोगमा स्थापना भएको सो उद्योगले स्थापना कालदेखि प्रतिदिन पा“चसय पचास देखि छ सय मेट्रिकटनसम्म मात्र सिमेन्ट उत्पादन गर्दै आएको महाप्रबन्धक सुरन्द्रकुमार पौडेल बताए ।

उद्योगमा विद्युतदेखि प्राविधिक कुरामा सुधार हु“दै गएपछि पूर्ण क्षमतामा ८०० मेट्रि«कटन सिमेन्ट उत्पादन कार्य शुरु भएको पौडेलले बताए ।