पुस १ कालो दिवस, प्रजातन्त्रमाथि प्रहार भएको दिन

547
views

काठमाडौँ, १, पुस । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा पुष १ गते आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ ।

विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए ।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका प्रधानमन्त्री बिपी लगायतका नेतालाई कार्यक्रम स्थलबाटै गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

पुस १ गते तरुण दललगायतका संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् ।