भारतमा पक्राउ परेका २ नेपाली गोरेका सहयोगी !

435
views

काठमाडौं, २, पुस । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

भारतीय प्रहरीद्वारा विशेष सूचनाका आधारमा कोलकताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायब भएको ३३ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सुनका बारेमा अनुसन्धान सुरु गरेको हो ।

नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी उपरिक्षक रामदत्त जोशीले समातिएको सुनको बारेमा अनुसन्धान सुरु भएको जानकारी दिए ।

भारतमा पक्राउ परेका २ जना नेपाली नागरिक यसअघि ३३ किलो सुनका मुख्य नाइके चुणामणि उप्रेती गोरेका सहयोगी भएको आशंका नेपाल प्रहरीले गरेको र भारतीय प्रहरीले पनि पक्राउ परेका व्यक्ति गोरेका सहयोगी भएको जानकारी नेपाल प्रहरीलाई गराइसकेको एक उच्च अधिकारीले बताए । नेपाल समाचारपत्र दैनिकबाट