एनआरएनएको तेस्रो अफ्रिका बैठकको तयारी पूरा

711
views

युगान्डा, ३ पुष । गैरआवासिय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै तयारी युगान्डाको राजधानी सहर कम्पालामा पूरा भएको छ ।

आयोजक राष्ट्र एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार यहि २९–३० डिसेम्बर २०१८ मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको हो । बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुदैछ भने सहभागीहरुलाई इम्पेरियल होटेलमा आबासको ब्यबस्था गरिएको छ ।

बैठकको उद्घाटन समारोहमा युगान्डा सरकारका तर्फबाट मन्त्रीको प्रतिनिधित्व हुने र बन्दसत्रमा समेत युगान्डा सरकार र निजि क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक बिकास र नेपालसँग साझेदारीका सम्भावना बारे कार्यपत्र प्रस्तुत हुनेछन ।

मूल कार्यक्रम बाहेक नेपाली, युगान्डीयन र अफ्रिकन सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने र नेपाली साहित्य गोष्ठी पनि त्यहाँ सम्पन्न हुनेछ । बैठकको इभेन्ट पार्टनर रुपालिया ग्रुप युगान्डा र आइडिया फर नेपाल रहेका छन ।