नेकपा स्थायी समिति बैठक लम्बिने संकेत

558
views

काठमाडौं, ५, पुष । २९ मंसिरदेखि जारी नेकपा स्थायी समितिको बैठक अझै केही दिन लम्बिने स्थिति देखिएको छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा एक दिनमा १० जना भन्दा धेरैले बोल्ने स्थिति नरहेपछि बैठक अझै केही दिन लम्बिने स्थिति देखिएको हो ।

बैठकमा स्थायी समिति सदस्यहरुलाई बोल्नका लागि २० मिनेटको समय दिइएको छ, जसले गर्दा १० जना भन्दा बढीले बोल्न पाएका छैनन् ।

आजको बैठकमा पनि किरण गुरुङ, पेशल खतिवडा, अमृत बोहोरा, पम्फा भूषाल, लीलामणि पोखरेल, चक्रपाणि खनाल, मातृका यादव र बिष्णु रिमाल गरी ८ जनाले बोलेका थिए ।

समितिका ५१ मध्ये ३४ जनाले बोलेका छन् र १७ जनाले अझै बोल्न बाँकी छ । र, अध्यक्षद्वयले समेत बोल्दा अझै कम्तिमा ३ दिन लम्बिने देखिन्छ ।