गोलचक्करमा काँग्रेस महासमिति बैठक

562
views

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थले जारी महासमिति बैठक अन्योलमा परेको छ । शनिबार सुरु भएको बैठक निर्धारित समयभन्दा एक दिन लम्बिसकेको छ ।

सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षको गुटले विधानमा सहमति जुट्न नदिएपछि बैठक निरास बनेको हो ।

पार्टीको सांगठनिक स्वरुपलाई नयाँ संवैधानिक व्यवस्थाअनुसार परिवर्तन गर्न तथा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भएको हारलाई शक्तिमा बदलेर संगठन निर्माणमा जुट्ने लक्ष्यसहित महासमिति सदस्य काठमाडौं आएका थिए ।

महासमिति बैठकको पाँचौं दिनसम्म पनि मुख्य विषय विधान संशोधन प्रस्ताव पेस नभएपछि नेताहरु अन्योलमा छन् । महासमित बैठकमा विभिन्न समुहका प्रतिवेदन पेश सँगै माईक खोसाखोस र मक्का हानाहानको समेत स्थिति पैदा भएको छ ।