खाडामा भीषण आगलागी, ५२ घर जलेर नष्ट

658
views

कालिकोट, ९ पौष । कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भएको भीषण आगलागीमा ५२ घर जलेर नष्ट भएका छन् ।

आगालागिमा ११ जना घाईते भएको गाउँपालिकाकी अध्यक्ष दानादेवी न्यौपानेले बताईन् । घटना स्थलमा प्रहरीको टोली पुगेको र आगो निभाउने प्रयास जारी रहेको छ । थप सहयोगका लागि नेपाली सेनाको टोली थिर्पुबाट घटनास्थल जाँदैछ ।

आगलागीमा परी थुप्रै चौपायहरु जलेर मरेको, लत्ताकपडा, अन्नपातलगायत थुप्रै धनमालहरु जलेर नष्ट भएको छ ।