आजबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग शुरु

472
views

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका एघारौं चरणका ३ खेलहरु आज शुरु हुँदैछ । सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् । सोही मैदानमा जावलाखेल युथ क्लब र मछिन्द्र क्लब आमने सामने हुनेछन् । हलचोक मैदानमा न्युरोड टिम (एनआरटी) ले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

लिगमा भोली शीर्ष स्थानको मनाङ–मस्र्याङ्दी क्लबले दोस्रो स्थानको संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल जितेको खण्डमा मनाङले दुई खेल अघि नै उपाधि पक्का गर्नेछ ।

संकटालाई भने उपाधि दावेदारी जिवितै राख्न मनाङलाई हराउनै पर्ने बाध्यता छ । लिगमा लगातार १० खेल जितेको मनाङ ३० अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको संकटाको २५ अंक छ । तेस्रो स्थानको थ्रीस्टार क्लबको २३ अंक छ ।