गणतन्त्रमा पनि सामन्त, पूँजिपतिकै दास

595
views

बाग्लुङ्ग । दलित तथा महिला शशक्तिकरण तालिमका सहभागीहरुले गणतान्त्रिक मूलुकमा पनि दास भएर जीउनु परेको बताए । जैमिनि नगरपालिकाको दमेकमा भएको दलित तथा महिला शसक्तिकरण तालिमका सहभागीहरुले एक्काईसौं शताव्दीको लोकतान्त्रिक गणतन्त्र मुलुकमा सामन्त र पूँजिपतिको एकाधिकारमा जातिय र लिङ्गीय विभेदको शिकार हुनु परेको बताए ।

उक्त तालिमको समापन समारोहमा बोल्दै वडा अध्यक्ष प्रेम साप्कोटाले तालिमबाट सिकेका कुरा घर, र समाजमा रुपान्तरण गरेर देखाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जैैमिनि नगरकार्यपालिकाका सदस्य लालबहादुर परियारले दलितको जीवन तस्बिर खिच्ने गरि तालिम चलाउन प्रयास गरेको देखिएको बताए ।

प्रमुख प्रशिक्षक सिताराम थापाले हजारौ बर्ष देखिको विभेद अन्त्य गर्न सामाजिक रुपान्तरणको काम राज्यले गर्नु पर्ने बताए ।

दलित समाज सञ्जाल दमेक र सत्कर्म नेपालको आयोजनामा गरिएको तालिममा दलितको समस्या, दलितको ईतिहास, यसको कारण, महिलाको अवस्था संबैधानिक हक लगायतको बिषयमा प्रशिक्षण दिईएको थियो ।

तालिमको सहजिकरण प्रमुख प्रशिक्षक सिताराम थापा, लाल बहादुर परियार र लक्ष्मी नेपालीले गरेका थिए ।