साठी विघामा आगलागीः २२ घर जलेर नष्ट

455
views

बिर्तामोड, १३ पौष । झापाको मेचीनगर–६ स्थित साठी बिघामा आगलागी भएको छ आगालागीबाट २२ वटा घर टहरा जलेर नष्ट भएका छन् । तीनवटा बारुणयन्त्रको प्रयोगपछि आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट १६ वटा टहरा र ६ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आगलागीबाट करिब डेढ करोडभन्दा बढीको क्षति पुगेको प्रहरीले जनाएको छ ।