ट्रकको ठक्करबाट एक जना घाईते

609
views

चितवन पौष,१३ गते पुर्वि चितवनको रत्ननगर १ निपनीमा ट्रकको ठक्करबाट एक जना गम्भिर घाईते भएका छन् । 

घाईते हुनेमा बाग्लुङ घर भई हाल भरतपुर ९ मा डेरा गरि बस्ने बर्ष २६ का प्रविन पौडेल रहेका छन ।
ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ११ बजे नारायणगढबाट टाँडी तर्फ आँउदै गरेको ना २ ख २१६६ नंको ट्रकले सोहीदिशाबाट टाँडी आँउदै गरेको पौडेल सवार बा ६१ प ९२१ नं को स्कुटरलाई ठक्कर दिएको हो ।
घाईतेको भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र चालक ईलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा छन् ।