पार्किङमा ज्ञापन पत्र बुझेपछि मुख्यमन्त्रीलाई लाग्यो सामान्तवादको नायकको आरोप

740
views

सागर सुवेदी
पोखरा, १४ पुस । नेकपा (क्रान्तिकारी माओवादी) को युवा संगठन क्रान्तिकारी युवा लिगले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाएको छ । मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको युवा लिगले मुख्यमन्त्रालयको पार्किङमा ज्ञापन पत्र बुझाउनु परेको जनाएको छ ।

क्याविनेटको बैठक सकिनासाथ हङकङमा पूर्व निर्धारित तमु ल्होसारको कार्यक्रमको लागि हिडेका गुरुङलाई एकघण्टा पखाईपछि पार्किङमा भेटेको युवा लिगले जनाएको छ ।

ज्ञापन पत्र बुझाउँदै क्रान्तिकारी युवा लिग प्रदेश नं ४ का संयोजक एवं केन्द्रिय सदस्य उत्तम थापाले आफ्ना ३६ बुंदे मागहरु कार्यान्वयनमा नल्याए भयानक परिस्थिति सिर्जना हुने जानकारी गराए ।

ज्ञापन पत्र बुझाउन नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य एवं युवा नेता नारायण अधिकारी, क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय सदस्य ईन्द्र गुरुङ, लिगकै केन्द्रिय सदस्य तिलक अधिकारी लगायतको टोली गण्डकी प्रदेशको मुख्य कार्यालय पुगेको थियो ।

त्रापनपत्र बुझाए पश्चात सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिदैं क्रान्तिकरी माओवादीका केन्द्रिय सदस्य एवं युवा नेता नारायण अधिकारीले लेखेका छन् ‘यी हुन गण्डकी प्रदेशका मुख्या (४ नं. प्रदेशका मुख्यमन्त्री ) यिनी यति धेरै घमण्ड चढेका सामन्तवादका नायक रहेछन् कि हाम्रो गौरवशाली संगठन क्रान्तिकारी युवा लिग (RYL_) ४ नं. प्रदेश समितिको ज्ञापनपत्रसमेत कार्यकक्षमा लिन तयार भएनन् । जबकि यिनलाई हामीले २ घन्टा कुर्याैं । हिजै उनका राजनीतिक सल्लाहकार गोविन्द नेपालीसंग समय मिलाइएको थियो । सायद उनले हामीलाई एक्काइसौं सताब्दीको अक्षुत सम्झे होलान् । आँगनमा आएर मात्र पत्र बुझे । धिक्कार छ तिम्रो सोचाइ । के तिम्रो घटिया ब्यवाहारले हाम्रो बिचार र आन्दोलन समाप्त होला र ?’