सबिता शर्मा
पोखरा । ‘खुशी जीवन स्वच्छ समाज, खुलेर निकालौ हृदयको आवाज’ भन्ने नारा सहित स्थापित हृदयको आवाज संस्था पोखरा माहानगरपालिका–१६ बाटुलेचौरको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती पोखरा महानगरपालिका–१६ का वडा अध्यक्ष जीवन प्रसाद आचार्यले हृदयका आवाज संस्थाको स्थापनाले १६ वाडमा महिलाहरुको क्षमता विकासको साथमा विभिन्न क्षेत्रको विकासमा टेवा पुग्नेमा आफू आशावादी रहेको बताए ।
सोहि अवसरमा संस्थाले महिला उद्यमी पम्फा देबकोटालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ । देवकोटा दिप आईस क्रिम कम्पनी पोखरा-२६ कि सञ्चालिका हुन ।
सम्मानित गर्दा कार्यक्रममा बोल्दै आफुले आफ्नो श्रीमानबाट धेरै पीडा पाएपनि आफू कहिले हिम्मत नहारी आफ्नो कर्ममा लागेर नै सम्मानित भएको भन्दै हिम्मत कहिले नहार्न सम्पुर्ण महिलाहरु लाई सुझाव दिईन ।
कार्यक्रममा कृषि बिज्ञ बेलिबहादुर बस्नेत, जिल्ला समन्वय समिति कास्की कि सदस्य गोमादेवी गौतम, हिमालयन क्लबका अध्यक्ष मोहन थापा अम्बिका आमा समुहकी अध्यक्ष लक्ष्मी देबकोटा,पोखरा आमा समुहकी प्रतिनिधि दुर्गा थापा लगायतले बोलेका थिईन् ।
कार्यक्रमको समापन क्रममा बोल्दै संस्थाकी अध्यक्ष शारदा बस्नेतले महिलाहरुको क्षेत्रमा भएका विभिन्न समस्याहरुको समाधान गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने हेतुले संस्थाको स्थापना भएको बताईन् ।
सस्थाका अध्यक्ष शारदा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य संस्थाका सह–सचिब चन्द्रा थापा र कार्यक्रमको सञ्चालन संस्थाका सचिव मन्जु श्री बस्नेतले गरेकी थिईन् ।