अधिवेशन सम्पन्न, अध्यक्षमा शर्मा

681
views

निर्मल पौडेल
पर्वत, १६ पुस । वलेवा सामुदायिक वहुद्देश्यिय सहकारी संंस्था लिमिटेड वाग्लुङ नगरपालिका १३ पैयुँपाटाको १५ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले उमानाथ शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ । उपाध्यक्षमा महेन्द्र जि.सी., कोषाध्यक्षमा प्रकाश सुवेदी रखाल, सचिवमा टेक वहादुर रोका, सह–सचिवमा मिना रेग्मी चयन भएका छन् । सदस्यहरुमा, नरसिङ वहादुर खत्री विष्णु रेग्मी, श्रीकृष्ण पाठक, गंगादेवी उपाध्या विना क्षेत्री रहेका छन् ।

सहकारीले स्थापना गरेको जीवन रक्षाकोषमा निरन्तर आर्थिक सहयोग गरेको भन्दै वा.न.पा.१३ पैयुँपाटाका युवा समाजसेवी वासुदेव पौडेलकी धर्मपत्नि दुर्गा पौडेललाई सम्मान गरेको छ ।

पौडेलले वैदेशिक रोजगारिको शिलशिलामा अमेरिकामा रहेर जीवन रक्षा कोष मार्फत गरिव असहाय, अपाङ्गता भएका तथा गम्भिर रोगबाट ग्रसित विरामीहरुका लागि जीवन वचाउ अभियान सञ्चालन गरेर आर्थिक सहयोगमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो । यस्तै व्यवसाय उन्मुख उत्प्रेरणा जगाउन सेयर सदस्य भित्रका ४० जना असल वचतकर्ता, सफल व्यावसायी, सेयर सदस्यका सन्तान तथा उत्कृष्ठ विधार्थी, वृद्धवृद्धा लगायतलाई समेत सम्मान गरिएको छ ।

अधिवेशनलाई संवोधन गर्दै वाग्लुङ क्षेत्र नं.१ ख वाट निर्वाचित गण्डकी प्रदेशका सभासद कृष्ण थापाले राज्यले ३ खम्वे अर्थनीति अनुसार एउटा खम्वाको रुपमा सहकारीलाई लिएको वताए ।

समापन कार्यक्रममा वोल्दै सहकारीका नवनिवार्चित अध्यक्ष उमाकान्त शर्माले आँफुलाई सर्वसम्मत रुपमा दोस्रो पटक अध्यक्ष पदमा निवर्वाचित गराउने सवैलाई धन्यवाद दिए ।

संस्थाले छिट्टै दुध डेरि सञ्चालन गर्ने लक्ष्य लिएकोले भैँसी पाल्ने किसानहरु र अन्य उद्यमशिल कार्य गर्ने तरकारी खेती, अन्य पशुपालन घरेलु उद्योग सञ्चालन गर्नेहरुलाई ३ प्रतिशत सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउने जनाएको छ ।

सभामा करिव ९ करोड वरावरको वार्षिक आय व्यय तथा प्रगति प्रतिवेदन संस्थाका सचिव टेक वहादुर रोकाले गरेका थिए । सामाजिक कार्यमा क्रियाशिल यस संस्थाले ६ लाख वरावरको कल्याणकारी कोषको स्थापना समेत गरेको छ ।