कर्मचारी समायोजन अध्यादेश बहुमतले पारित

609
views

काठमाडौं, १७, पुस । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश बहुमतले पारित भएको छ ।प्रतिनिधिसभाको मंगलवारको बैठकले कर्मचारी समायोजन अध्यादेश–२०७५ बहुमतले पास गरेको हो ।

यसअघि सांसद प्रेम सुवाल र गगनकुमार थापाले कर्मचारी समायोजन अध्यादेश अस्वीकार गरियोस् भनी दर्ता गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश स्वीकृतका लागि राखेको प्रस्ताव बहुमतले पास भएको हो ।