सरकार !‘६ अर्बको भ्रष्टाचार भो’

952
views

काठमाडौं, १७, पुस । प्रतिनिधिसभाको आजको पहिलो बैठकलाई सम्बोधन गर्दै काँग्रेस सांसद् डा. अमरेश कुमार सिंहले वाईडबडी विमानमा व्यापक भ्रष्टाचार भएकोप्रति संसदको ध्यानाकर्षण गराएका छन् ।

उनले अमेरिकन कम्पनीसँग एमयु तथा विडिङ गरेर खरिदचाहिँ आयरल्याण्डको कम्पनीसँग गरिएको खुलासा गर्दै सो कम्पनी ‘एक डलरको कम्पनी’ रहेको र भ्रष्टाचार गर्नकै लागि रातारात खडा गरिएको समेत दाबी गरे ।

उनका अनुसार सो जहाजको खरिद सम्झौता २६ जनवरी २०१७ मा गरिएको छ भने यसरी सम्झौता गरिएको कम्पनीको दर्ताचाहिँ एक महिनापछि अर्थात् २१ फेब्रुअरी २०१७ मा भएको छ ।

यस्तै, २ सय ४२ टनको जहाज किन्ने सम्झौता भएको तर सप्लाई गर्दा २ सय ३० टनको मात्र गरिएको खुलासा गर्दै यसबाट पचास जना यात्रु क्षमता कम हुन जाने र मासिक घाटा करोडौँ हुन पुग्ने उनले जानकारी दिए । यस्तै, चाँडो जहाज आवश्यक परेको भन्दै आउटडेटेड किनिएको पनि उनले बताए ।

संसदको ध्यानाकर्षण गराउँदै उनले नैतिकताको आधारमा सरकारले राजीनामा दिनुपर्ने माग समेत गरे । उनले जहाज खरीदमा ६ अर्बको भ्रष्टाचार भएको भन्दै भ्रष्टाचारीमाथि कारवाही हुनुपर्ने माग गरे ।