स्व.अमृत जोशीको ११ औं स्मृति दिवसमा पुरस्कार एवं सम्मान गरिने

847
views

अनिता क्षेत्री
पर्वत, २२, पुस । अमृत जोशी स्मृति प्रतिष्ठान, नेपालको आयोजनामा ११ औं पुण्य स्मृति दिवस एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सामाजिक कार्यसंगै राजनीतिको माधम मार्फत यहाँ रहेका दिनःदुखी,असाहयको सारथीका एक अव्बल पात्रको रुपमा परिचित स्वर्गीय अमृत प्रसाद जोशीको ११ औं स्मृति दिवसको अवसरमा यही पुस २३ गते सोमबार पुरस्कार बितरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।

११ औं स्मृति दिवसको अवसरमा जिल्लाको सामूदायिक तथा नीजि विद्यालयमा रहेका उत्कृष्टता प्राप्त गरेका १÷१ जना विद्यार्थीलाई पुुरस्कार सहित सम्मान गर्ने भएको छ । साहित्यको स्तरवृद्धि गर्न भूमिका निभाउनेलाई सम्मान गर्ने निर्णय पनि भएको छ ।

गत १९९२ सालमा जन्मेका अमृत जोशीको २०६४ सालमा निधन भएको थियो । स्वर्गीय अमृत प्रसाद जोशीका जेष्ठ सुपुत्र अर्जुन प्रसाद जोशी हाल नेपाली काँग्रेसको केन्द्रिय सदस्य छन् ।