काठमाडौं लगायत उच्च पहाडी र हिमाली भेगमा हिमपात

736
views

काठमाडौँ — काठमाडौं उपत्यकाका अग्ला डाँडासहित मुलुकका उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा हिमपात भएको छ । काठमाडौं वरपरका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा समेत सोमबार बिहानदेखि हिऊँ परेको हो ।

देशैभर परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिमको अपी, सैपाल, बझांग, खप्तड, रारा, जुम्ला, शेफोक्सुन्डो, मुस्तांग, मनांग, गोरखालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।