घरमा आगो लाग्दा जलेर  महिलाको मृत्यु

917
views

हेटौंडा, माघ–१  मकवानपुरको बकैया गाउँपालिका– ९ तल्लो धियालमा अचानक घरमा लागेको आगोमा परी मकवानपुरमा ८६ बर्षकी साहिलीमाया थिङको मृत्यु भएको छ ।

घरमा एक्लै रहेकी उनको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कर्यालय मकवानपुरले जनाएको छ ।
आगो लाग्दा खरले छाएको कच्ची घर पूर्ण रुपले ध्वस्त भएको छ । साहिली मायाको श्रीमान दावा केही कामले बाहिर गएको समयमा आगलागी भएको बताइएको छ ।
साहिलीका दुई छोरा काठमाडौं बस्दै आएका छन् भने ३ जना छोरीहरुको बिवाह भइसकेको प्रहरीले जनाएको छ ।