पहिचान संघर्षले स्थापित हुने कुरा हो– अध्यक्ष दाहाल

1379
views

धादिङबेँसी, २, माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय भाषीको पहिचान संघर्षबाट स्थापित हुने बताए । लिःल फङ (घले समाज) केन्द्रीय समितिले आज गरेको धादिङ बेँसीको कार्यक्रममा आयोजित हो (मृर्गवर्ग) ल्होसार कार्यक्रममा उनले कुनैपनि जातिले आफ्नो पहिचान मागेर वा विन्ति चढाएर प्राप्त गर्न नसक्ने भन्दै अधिकारका लागि संघर्ष आवश्यक रहेको बताए ।

प्रचण्डले घले जातिलाई आदिवासीमा सु–सूचित गराउन आफूले सक्दो प्रयास गर्ने पनि बताए । घले जातिको आफ्नै परम्परा, संस्कृति, वेशभूषा, मौलिकता, भाषा र खानपान भएर पनि आदिवासीमा सु–सूचित नभएकोमा आफूहरूको केही न केही गल्ती भएको भएको महसुस गरे ।

सो कार्यक्रममा पूर्व गृहमन्त्री बुद्धिमान तामाङले धादिङका ठाउँठाउँमा घलेले राज्य गरेको तर त्यसको कुनै लिखित इतिहास नभएको स्पष्ट पारे । उनले आफ्नो पहिचान जोगाउन आफैँ जागरुक हुन आग्रह गरे ।

ल्होसारमा १६ राष्ट्र र नेपालका ३६ जिल्लाबाट सहभागी भएका थिए ।