पर्वत जेसीजको २३ औ पदस्थापना

583
views

महेन्द्र जिसी
पर्वत, ६ माघ । पर्वत जेसीजले वर्ष २०१९ का लागि नेतृत्व चयन गरेको छ । २३ औ पदस्थापना कार्यक्रमबाट आगामी नेतृत्व चयन गरेको हो ।

२०१८ का अध्यक्ष राजन जोशीको कार्यकाल समापन भएको छ । बर्ष २०१९ का लागी जेसी मोहन आचर्य छनौट भएका छन् ।

नेपाल जोसीजका केन्द्रीय अध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यतामा समिति चयन गरीएको हो । कार्यक्रममा वर्ष १०१८ मा भएका क्षेत्र ख सम्मेलन जस्ता महत्वपुर्ण कार्यक्रममा पर्वतेली सबै संघ संगठनहरुलाई धन्यवाद ज्ञापन गर्दै वर्ष २०१८ का अध्यक्ष राजन जोशीले आचार्यलाई पदभार हस्तान्तरण गरेका छन् ।