संसदमा घम्साघम्सी, काँग्रेस सांसद आक्रमक

972
views

काठमाडौं– चिकित्सा शिक्षा विधेयक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताललाई वेवास्ता गरेको भन्दै प्रतिनिधिसभाको मंगलवारको बैठकमा घम्साघम्सी भएको छ ।

कांग्रेसले आफ्ना नेताको नाम रहेको अस्पताललाई संघीय सरकारमातहत नल्याएसम्म सदन चल्न नदिने अडान राख्दै संसदमा घम्साघम्सीको अवस्था सिर्जना भएको हो ।

कांग्रेस सांसदहरु बैठक बसेलगत्तै आफ्नो सिटबाट उठेर रोष्टम घेराउ गर्दै आएका छन् । यही बीचमा आजको दोस्रो बैठकमा सभामुखले जबरजस्ती चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई समय दिएपछि कांग्रेस सांसद आक्रामक रुपमा प्रस्तुत भए । उनीहरुले शिक्षा मन्त्रीलाई घेरा हालेर रोष्टमै जान दिएनन । अन्ततः सभामुख दोस्रो बैठक पनि स्थगित गर्न बाध्य भए ।