काका भतिजको विवादले घाँटी काटियो

635
views

सीताराम थापा
बाग्लुङ, १३ माघ । बागलुङ नगरपालिका–३ गुठी स्थित होटल ह्वाईट प्यालेसमा काका भतिजाबीच बिबाद हुँदा एक जनाको घाँटी काटिएको छ ।

घाँटी काटीएर गम्भिर चोट लागेका ब्यक्तिलाई उपचारार्थ धौलागिरी अञ्चल अस्पतालमा प्राथामिक उपचार गरि उपचारका लागी पोखरा रिफर गरिएको छ । उनिहरुबीच मदिरा सेवनका कारण बिबाद भएको आशंका गरीएको छ ।

कैलाली जिल्ला घोँडाघोडी–१ का वर्ष ३६ का गणेश आचार्य र दिपक आचार्य (काका भतिजा) घुम्नको लागि बागलुङ बजार आएर होटेल ह्वाईट प्यालेसमा बसेको मौकामा राति उनिहरुवीच बिबाद भएर हातपात हुँदा गणेश आचार्यको घाँटीमा गम्भिर चोट लागेर काटीएको अवस्थामा प्रहरीले फेला पारेको थियो । तत्काल उपचारका लागी धौलागिरी अञ्चल अस्पताल लगिएकोमा त्यहाँ सम्भव नभएपछी पोखरा गण्डकी अस्पताल रिफर गरिएको हो ।