सर्वसत्तावादको प्रतिवाद गर्न काँग्रेसको निर्देशन

552
views

चितवन, १६, माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बर्तमान सरकार सर्वसत्तावादी सोंचका साथ अघि बढेकोले त्यसको प्रतिवाद गर्न कार्यकतालाई निर्देशन दिए । नेपाली कांग्रेस खैरनी नगरसमिति चितवनको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

नेता सिंहले २१ गते हुने देशभरको प्रर्दशनमा एक भएर सरकारलाई दवाब दिन पनि उनले आग्रह गरे । सरकारको बोलि र ब्यवहार फरक भएकोले बिश्वास गर्न सकिने अवस्था नभएकालेसदन देखि सडकसम्म जिम्मेवार प्रतिपक्षीको रुपमा खबरदारी गर्नुको बिकल्प नभएको उनको भनाई थियो ।

वर्तमान सरकारले बहुमतको आडमा असंसदिय गतिविधिमा लागेकाले संसदीय पद्धतिमा डोराउनु काँग्रेसको महत्वपूर्ण भूमिका रहेको भन्दै नेता सिंहले भने ‘बहुमत छ भन्दैमा संविधान भन्दा बाहिर गएर जे सुकै गर्ने छुट सकारलाई छन् ।’

बर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न नसक्ने र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै उनले सरकार पुर्ण रुपमा असफल भएको दाबी गरे ।

फरक प्रसंगमा बोल्दै पार्टीलाई विधिविधान अनुरुप चलाउन नसके दुई तिहाइको अधिनायक वादको सामना गर्न नसकिने भन्दै विधान अनुरुप पार्टी ब्यवस्थापन गर्नुपर्ने पनि उनले बताए ।