अनेयुसंघ बागलुङको नगर भेला सकियो

963
views

सीताराम थापा
वाग्लुङ । जनमोर्चा नेपाल समर्थित अखिल नेपाल युवक संघ बागलुङको नगर भेला सम्पन्न भएको छ । भेलाले सुवास शर्माको अध्यक्षतामा १३ सदस्यीय समिति र ३ सल्लाहकार रहेको समिति निर्वाचित गरेको छ ।

जसमा उपाध्यक्ष दिपक पौडेल, सचिव दिपेन्द्र बुढा, सहसचिव छलिता बुढा, कोषाध्यक्ष मन राना सदस्यहरुमा यम कार्की, हिमाल सुवेदी, प्रकाश पौडेल, गिता सेरपुर्जा, सरोज चालिसे, मिलन भट्ट, सल्लाहकारहरुमा ऋषि पौडेल, राजु पौडेल र भिम पौडेल रहनु भएको छ ।

“जागौं युवा, लागौं युवा” भन्ने मुल नाराको साथ सम्पन्न भेलामा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य योगेन्द्र पौडेलले देशमा बर्तमान सरकारले घोषणा पत्रमा लेखेको जस्तो काम नगरि मुलुकमा बामपन्थि आन्दोलनप्रति जनतालाई बितृष्णा जगाएको बताउनु भयो ।

बिशिष्ठ अतिथि राजमोको केन्द्रीय सदस्य यवं बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुगानाले युवाशक्ति नै परिवर्तनको आधार भएकाले देशमा भएको बिकृति, बिसंगति, भ्रष्टचार, कमिसन बिरुद्द आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

भेलामा संघका पुर्व अध्यक्ष केन्द्रीय सल्लाहकार तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुवँर, सचिव भिमलाल पोखरेल, गण्डकी प्रदेश सचिव सञ्जाल शर्मा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङका कोषाध्यक्ष टेकबहादुर क्षेत्री लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम युवक संघका जिल्ला सदस्य ऋषिराम शर्माको अध्यक्षता, मन रानाको सञ्चालन र सुवाश शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।