नेविसंघ नवलपुरद्वारा प्रजिअलाइ ज्ञापनपत्र

547
views

अजय पौडेल, नवलपुर,माघ–२४ नेपाल विद्यार्थी संघ नवलपुरले आफ्ना विद्यार्थी नेताको रिहाइको माग राख्दै आज प्रमुख जिल्ला अधिकारि दिपक नेपाललाइ ज्ञापनपत्र बुझाएको छ । नेबिसंघ नवलपुरका जिल्ला अध्यक्ष राजेश पौडेलको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलिले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाइसकेपछी नेबिसंघ गण्डकी कार्यसमितीले निर्धारण गरेको आन्दोलनको कार्यक्रम बमोजिम आज नै जिल्ला सदरमुकाम कावासोतिमा दिउँसो २ बजेदेखि ३ बजेसम्म १ घन्टा चक्काजाम पनि सम्पन्न भएको नेबिसंघ नवलपुरका अध्यक्ष राजेश पौडेलले जानकारी दिनुभयो । आन्दोलनका अन्य कार्यक्रम अन्तर्गत भोलि माघ २५ गते जिल्ला प्रसासन कार्यालयमा १ घन्टा धर्ना, २६ गते सांझ मसाल जुलुस,माघ २७ गते झुट्टा मुद्दा खारेजि र बन्दी साथीहरूको बिनासर्त रिहाइको माग गर्दै सरस्वती पुजा गरिने जिल्ला अध्यक्ष पौडेलले जानकारी दिनुभयो साथै उहाँले आफ्ना आन्दोलनका कार्यक्रममा सम्पुर्ण विद्यार्थीहरुलाइ सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
आफ्ना थुनामा राखिएका विद्यार्थीहरुको रिहाई साथै अधिनायकबादी ओलि सरकारको बिरोधका लागि आफुहरु आन्दोलनमा जानू परेको नेबिसंघ केन्द्रिय सदस्य आर सि भट्टराईले बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका नेता महेन्द्र पोख्रेल,भबी भट्टराई ,नेपाल तरुण दलका जिल्ला अध्यक्ष सुर्य गुरुङ लगायतका नेताहरु तथा नेबिसंघका नेता/ कार्यकर्ताको उपस्थिति रहेको नेबिसंघ नवलपुरका सचिब सुशील काफ्लेले जानकारी दिनुभयो ।