कृष्णगण्डकी क्याम्पसलाई आर्थिक सहयोग

698
views

निर्मल पौडेल
पर्वत, २९, माघ । वाग्लुङ नगरपालिका १४ नारायणस्थान अवस्थित कृष्णगण्डकी क्याम्पसको विकास तथा अक्षयकोष निर्माणका लागि युवा समाजसेवी वासु पौडेलले १० हजार ५ रुपैँया आर्थिक सहयोग गरेका छन् ।

क्याम्पसको सर्वाङगीण विकास तथा अक्षयकोष निर्माणार्थ कार्यक्रमका लागि वलेवामा फागुन २ गतेवाट १२ गतेसम्म आयोजना गरिएको प्रथम वलेवा महोत्सवलाई पौडेलले सहयोग गरेका हुन । रकम प्रथम वलेवा महोत्सवका सचिव नारायण श्रेष्ठलाई उपलव्ध गराउने वताईएको छ । वैदेशिक रोजगारीको शिलसिलामा हाल अमेरीकामा रहेका पौडेलले आफूले अध्ययन गरेको क्याम्पसको विकासका लागि आँफुले सक्दो सहयोग गरेको वताए ।

गाउँका विभिन्न संघ संस्थाहरुलाई सहयोग गदै आएका र हरेक सामाजिक कार्यमा सक्रिय पौडेलले क्याम्पस जस्तो पवित्र मन्दिरको विकासका लागि सहयोग गर्न पाउँदा आँफु हर्षित भएको भन्दै अन्य सहयोगी मनहरुलाई पनि सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

प्रथम वलेवा महोत्सव सफल पार्नको लागि अन्य सहयोगी मनहरुले पनि आर्थिक नैतिक तथा भौतिक सहयोग गर्न कृष्णगण्डकी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कमल कुमार जिसीले आग्रह गरेका छन् । प्रथम वलेवा महोत्सवमा स्थानिय कृषि प्रर्दशनी, वाल उद्दान रमाईलो मेला, वृहत साहित्यिक भेला,विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिने आयोजकले वताएको छ ।महोत्सवमा स्थानिय तथा राष्ट्रिय चर्चित कलाकारहरुको वेजोड प्रस्तुती रहने क्याम्पस प्रमुख दिपेन्द्र खड्काको भनाई छ ।