जनयुद्व समाजवादको आधार हो–नेपाली

879
views

पर्वत, १, फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवं प्रदेश नं ४ का मुख्यमन्त्रीका सल्लाहकार गोविन्द नेपालीले जनयुद्व समाजवाद स्थापनाको आधार भएको बताएका छन् ।

२४ औं जनयुद्व र जनआन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको सम्मान साथै सम्झनामा आयोजित पर्वतको चियापान कार्यक्रमलाई संबोधन गर्दै नेता नेपालीले यस्तो बताएका हुन् ।

नेपालीले तात्कालिन नेकपा माओवादीले शुरवात गरेको आक्रमक जनयुद्वले सामन्तवादकोजरो खल्वल्याएको र जनआन्दोलनले निरङ्कुश् तन्त्रको अन्त्य गरेको बताउँदै जनयुद्व र जनआन्दोलन दिवस एतिहासिक रुपमा मनाउन आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गुप्त हमालले मुलुकको आमुल परिवर्तनका लागि जनयुद्वको सुरुवात भएको बताए ।

हमालले २०५२ साल फाल्गुन १ गते नयाँ जनवादी व्यवस्थाका लागि तात्कालिन माओवादीले जनयुद्व शुरु गरेको बताउँदै जनयुद्वको जगमा आएको परिवर्तनलाई देशले आत्मसाथ गरेको बताए ।

उनले दुई ठूला बाम शक्ति पूर्व एमाले र पूर्व माओवादीका बीच समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि एकता भएको प्रष्टयाउँदै जनयुद्व र जनआन्दोलनका क्रममा सशादत प्राप्त शहिदहरुको उच्च सम्मान र निरन्तर सम्झना गर्नुपर्ने बताए ।

उन्ले दुई ठूला वाम शक्तिबीचको एकताले मुलुकमा आर्थिक समृद्धि र सुखि नेपालीको सपना पुरा गर्ने बताउँदै राजनीतिक परिर्वतनका लागि जनयुद्व एवं जनआन्दोलन र आर्थिक समृद्धिका लागि वाम एकता भएको बताए ।

नेपाली क्रान्तिको विजय अपरिहार्य–पौडेल
नेकपा (क्रान्तिकारी माओवादी) पर्वतले आयोजना गरेको २४ औं जनयुद्व दिवसका अवसरमा सो पार्टीका पर्वत ईन्चार्ज तेजेन्द्र पौडेलले कोरा परिवर्तनका लागि जनयुद्व नभएको बताएका छन् । पौडेलले सत्ता र पदका लागि जनयुद्वको शुरुवात नभएको वताउँदै आमुल परिवर्तनका लागि जनयुद्व गरिएको उल्लेख गरे ।

नेता पौडेलले मुलुकमा राजनीतिक क्रान्ति पुरा नभएको उल्लेख गर्दै एकताका नाममा जनयुद्वले ल्याएको परिवर्तनको अवसान गरेको बताए । उनले राजनीतिक परिवर्तनका लागि आवश्यक परे पून क्रान्ति हुने संकेत गर्दै संसदवादी दलहरुकै कारण राष्ट्रियता र जनताका जनजीविकाका सवालहरु ओझेलमा परेको बताए ।

उनले मुलुकको आमुल परिवर्तनको सपना बोकेर सहादत प्राप्त गर्ने जनयुद्व र जनआन्दोलनका शहिदहरुप्रति उच्च सम्मान गर्न घाइतेहरुप्रति गम्भिर बन्न आग्रह गरे ।