बागलुङको बलेवा प्याराग्लाइडिङ परिक्षण सफल उडान

980
views

सीताराम थापा
बागलुङ । जिल्लाको बलेवा प्याराग्लाइडिङका लागि गरिएको परिक्षण अनुसार सफल उडान हुने भएको छ । मंगलवार बलेवामा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण गरिएको थियो । बिहीबार पुन पाँच प्याराग्लाइडिङको यहाँ उडान गरेका थिए । सबै पटक गरिएका उठानहरु निकै सफलता हासिल गरेको थिए । भ्याली लेक प्याराग्लाइडिङ कम्पनी पोखराको पाइलटले प्याराग्लाइडिङको परीक्षणमा सफलता हांसिल गरेका थिए ।

पाइलट टेकबहादुर थापा, सागर रावत, आकास क्षेत्रि, लक्ष्मण सुनुवार, बलेवाको आकाशमा प्याराग्लाइडिङ उडान सफल गरेपछि पोखरा सराङकोटको विकल्प बन्नसक्ने प्रतिक्रिया दिएका छन ।

बलेवामा प्याराग्लाइडिङ गर्दा बागलुङ र पर्वत जिल्लाका आकर्षण र माछापुच्छ्रे, धवलागिरी हिमाल लगायतका दृष्यालोकन गर्न सकिने हुंदा पर्यटकिय आकर्षणको केन्द्र बन्न सक्ने छ ।