पोखरा– पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको पोखरा रामघाटमा अन्त्यष्टि गरिएको हो ।
उनलाई जेठा छोरा विराजले दागबत्ति दिएका थिए । नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो ।