सिके राउतले भने ‘हामी बुद्धका सन्तान हौं’

546
views

काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतले नेपाललाई स्थिरतामा लैजान मुलधारको राजनीतिमा प्रवेश गरेको बताएका छन् । राष्ट्रिय सभागृहमा सरकारसँग भएको ११ बुँदे सहमतिपछि संयोजक राउतले लामो संघर्षलाई आफूहरुले सुरक्षितरुपमा अवतरण गरेको बताए ।

राउतले भाषणका क्रममा भगवान ‘हामी बुद्धका सन्तान, अहिंसा हाम्रो रग रगमा बसेको बताए । अहिंसा हाम्रो शरीर भित्र नै अन्तरनिहीत भएर बसेको छ’, उनले भने, ‘हामीले यो आन्दोनका क्रममा पनि बुद्ध र गान्धीका आवाजलाई मानेका छौँ ।’

राउतले अब हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने अवस्था नरहेको बताए । ‘अब जनतम प्रयोग गरेर अघि बढ्नुपर्छ, हिंसात्मक आन्दोलन गरेर समय बर्बाद गर्नुहुँदैन’, उनले भने, ‘जे जस्तो शासन ल्याउनुछ, जनताले अधिकार प्रयोग गरेर ल्याउनुपर्छ, देशको विकास र समृद्धि हाँसिल गर्ने बेला आएको छ ।’