दोलखाको लामाबगरमा गाडी दुर्घटना, २ को मृत्यु

631
views

चरिकोट १, चैत । दोलखाको लामाबगरमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मजदुर चढेको गाडी दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् भने ५ जना सामान्य रहेको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाईड्रोको ब्युरो–११ ले भाडामा प्रयोग गरेको बा ४ ख ४५७३ नम्बरको बस विगु गाउँपालिका–१, लामाबगरको नयाँबाटोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

बस सडकबाट करिब २० मिटर तल खसेको थियो । दु्र्घटनामा सामान्य घाईतेमध्ये ५ जनाको सिंगटीमा र गम्भीर १५ जनालाई सदरमुकाम चरिकोटमा उपचारको लागि ल्याइएको छ ।