मेरोमाइक्रोको मोटिभेस्नल तालिम सम्पन्न

1230
views

चितवन । मेरो माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय स्तरीय मोटिभेसनल तालिम सम्पन्न भएको छ । चितवनको सौराहामा दुईदिनसम्म चलेको तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र मनोक्रान्तिका अध्यता डा. योगी विकासान्नदले संयुक्त रुपमा समुद्घाटन गरेका थिए ।

संस्थाका कर्पोरेट कार्यालय अन्तर्गतका अनुगमन स्टेशन तथा शाखा कार्यालयका फिल्ड कर्मचारीहरु सहित १२३ जनाको उपस्थिति रहेको उक्त तालिममा शाखाको समीक्षा तथा गुणस्तरीय सेवा सहितको कार्यक्रम रणनीतिहरु सम्बन्धमा छलफल भएको थियो ।

तालिममा डा. योगी विकासानन्द र मोटिभेसनल स्पिकर सुदीप बस्नेतले कर्मचारीहरुलाई उत्पे्ररणा सँगै कर्मचारीहरुको कार्य सम्पादनमा संगठनको प्रभावकारीता र ब्यक्तिमा सकारात्मक सोचको विकासबारे प्रशिक्षण दिएका थिए ।

तालिममा संस्थाका निमित्त नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, कर्जा बिभागका उमेशमान डंगोल, मानव संसाधन बिभागका रामकुमार सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले ग्राहकमुखी सेवा र कर्मचारीमैत्री प्रशासनको नीति अनुरुप संस्थाले आगामी दिनमा आफ्नो कार्यलाई अझ मजबुत गराउनुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम देशका वित्तीय पहुँच नपुगेको क्षेत्रमा शाखा खोली सेवा दिँदै जाने, सेवाग्राहीहरुलाई पूण लघुवित्त सेवा दिँदै जाने र सोको लागि कर्मचारी क्षमता अभिबृद्धिका थप कार्यक्रमहरुसमेत गर्दै जाने बताए ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरी हाल देशका बिभिन्न ४८ जिल्लामा ९२ वटा शाखा कार्यालयहरु मार्फत ९० हजार विपन्न परिवारहरुलाई लघुवित्त सेवा प्रदान गरिएको छ ।