निर्मला हत्या प्रकरणः निलम्बित डीएसपी जिसी अदालतमा

947
views

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा निलम्बित डीएसपी अंगुर जिसी अदालतमा उपस्थित भएका छन् । जिसी सोमबार बिहान कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

सिआईबीका निलम्बित डिएपसी जिसीमाथि निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएकोलगायतका आरोप छन् । जिसीमाथि बयान लिन सुरु गरिएको छ ।