विप्लव समुहका गतिविधि पूर्ण रुपमा रोकिन्छ–प्रधानमन्त्री

692
views

काठमाडौं ११, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समुहका गतिविधि पूर्णरुपले रोकिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले चन्दा माग्ने, मान्छे मार्ने अनि झण्डामा हँसिया हथौडा प्रयोग गर्नेका गतिविधि पूर्ण रुपमा रोकिने बताए ।

प्रधानमन्त्री ओलीले विप्लवका गतिविधिका कारण विकासमा असर परेको समेत बताए । उनले २५ वर्षे विकास योजना बनाएर आगामी बजेट अधिवेशन हुने पनि बताए ।

उनले विकासबारे सुझाव लिन गाउँगाउँमा पुगेर जनतासँग छलफल गर्न समेत सांसदलाई सुझाए ।