आलु महोत्सवको तयारी तीब्र

784
views

गोबिन्द तिमिल्सिना
हेमजा, १४, चैत । आलु गाउँको रुपमा परिचित हेमजामा बिगत दश बर्षदेखि सञ्चालन हुदै आएको दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी तीब्र भएको आयोजक सस्था बिष्णु पादुका क्लबले जनाएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव यहि चैत २२ देखि बैशाख १ गतेसम्म बिष्णुपादुका खेल मैदान हेमजामा हुँदैछ ।

कृषि विकास निर्देशानलय गण्डकी प्रदेश मालेपाटन पोखराको सह–आयोजनामा हुने महोत्सवको तयारीमा हेमजाको बिभिन्न ठाउँमा स्वगतम गेट निर्माण गरिएको छ । त्यसै गरि स्टल र स्टेज निर्माण भइरहेको छ ।

स्थानिय बासिलाइ मध्यनजर गर्दै टिकटमा सहज बनाउन प्रति ब्यक्ति रु ३०० को पासको ब्यबस्था गरिएको छ । जसको लागि बिष्णुपादुका क्लबको सचिबालयमा सम्पर्क गर्न मेला मुल आयोजक समितिका संयोजक कृष्ण खड्काले आग्रह गरे ।

महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।

हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तरकारी सुपरजोन कास्कीको विशेष सहयोग,गोर्खा बु्रअरी नेपालको मुख्य प्रायोजन रहेको मुल समारोह समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा ४० वटा कृषि प्रदर्शनीका स्टल, १५ वटा कृषि उत्पादन बिक्री वितरण स्टल, ३५ वटा व्यापारिक स्टल, १५ वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, दुई प्राथमिक उपचार, पाँच बैकिङ कारोवार तथा पाँच वटा मनोरञ्जन स्टल रहने मेला मुल आयोजक समितिका संयोजक कृष्ण खड्काले जानकारी दिए ।