पोखरा, २२, चैत । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मिजुरे मिलन कफी सहकारी संस्था लि.को आयोजना र नौलो घुम्ती नेपालको समन्वयमा मादी गाउँपालिका वडा नं. ८ मा पशु स्वास्थ्य शिविर बुधबारदेखि सञ्चालन गरिएको छ ।
शिविरमा मादी गाउँपालिका पशु स्वास्थ्य शाखाको प्राविधिक तथा गुड नेवर्स इन्टरनेशनको आर्थिक सहयोगमा मादी–८ का पाखुरीकोट र रबैडाँडामा सञ्चालन गरिएको थियो ।
शिविरमा गोवर परिक्षण, निःशुल्क औषधी वितरण, पशु स्वास्थ्य परिक्षण तथा पशु विमा अभिमुखिकरण लगायतका कार्यक्रम संचालन गरिए । शिविरमा ९० घरधुरीका ९५९ बाख्रा, १०८ भैसी, ३२ गोरु, २० भेंडा र १७ गाईहरुको स्वास्थ्य जाँच गरिएको थियो ।
मादी गाउपालिकाका पशु सेवा प्रमुख सूर्य सुवेदीले पशु स्वाथ्य सम्बन्धिको नेतृत्व र बिमा अभिमुखीकरण सम्बन्धि नेतृत्व सिद्धार्थ इन्सोरेन्सका प्रतिनिधि नवराज पौडेलले गरेका थिए । औषधी गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा नौलो घुम्ती नेपालद्धारा संचालित सामुदायिक विकास परियोजनाबाट गरिएको थियो ।
मिजुरे मिलन कफी सहकारी संस्था लि.का अध्यक्ष बाबुराम क्षेत्रीले कार्यक्रम आयोजना गर्ने सरकारी तथा गैर सरकारी संस्था सबैलाई धन्यवाद व्यक्त गर्दै दुर्गम क्षेत्रका किसानहरुलाई यस्ता शिविरले निकै ठुलो टेवा पुगेको बताए ।











