काठमाडौं । नेपालको सबैभन्दा चलेको रोजगादाता देशहरुमध्ये मलेसिया एक हो । यो निकै पुरानो पनि हो र सहज गन्तव्य पनि । तर पछिल्लो चरणमा आएर नेपाल तथा मलेसियाली सरकारले श्रम संझौतामा हस्ताक्षर गरे पनि श्रम रोजगारका लागि मलेसियाले नेपालको बाटो अहिलेसम्म खुल्ला गरेको छैन ।
पछिल्लो चरणमा दुई देशका बीचमा श्रमिकहरु लैजाने र स्वदेश पठाउने क्रममा केही गडबडी भएपछि रोकिएको र पटपटक मलेसियाले चोवनी पनि दिदै आए पछि यसलाई नवीकरण गरिएको थियो । पहिले म्यान पनवर कम्पनीहरुमार्फत् श्रममा जाने जनशक्ति संझौतापछि सरकारले नै पठाउने कुरा भएको थियो । तर त्यो संझौताले एक वर्ष छुन लागदा पनि कार्यान्वयन भने भएको छैन ।
लगातार नौ महिनासम्म बन्द गरेपछि नेपाल सरकारले सहमति गरी खुलाएको मलेसियाली रोजगारीमा अर्काे समस्या आइपरेको छ । त्यो हो मलेसियाका लागि कलिङ भिसा लिएर बसेका नेपाली कामदारका लागि नेपाल सरकारले खुला गरे पनि मलेसियाले भने रोक लगाएको छ । मलेसिया जानका लागि हातमा को कलिङ भिसा लिएर बसेका नेपालीको संख्या करिब १० हजार रहेको छ । लामो छलफल र सञ्चार आदान प्रदानपछि नेपाल सरकारले कलिङ भिसा लागेका नेपालीलाई रोजगारीका लागि मलेसिया जान पाउने व्यवस्था गरे पनि मलसिया यसमा तयार रहेको देखिदैन ।
जान चाहने युवाहरु हरेक दिन सोधपूछका लागि मलेसियाली दुतावासमा पुग्छन् । तर, मलेसियाको अध्यागमन विभागले नेपालीलाई रोकेको जनाउ दिने बाहेक अरु थप स्पष्टिकरण दिइरहेको छैन । मलेसियाली अध्यागमन कानुनका अनुसार कलिङ भिसा लागेका नेपाली मलेसिया जान नपाउने मात्र भनिएको छ ।
कलिङ भिसाको म्याद केवल ४ महिना मात्र हुन्छ । त्यसपछि फर्कनु पर्छ । यदि त्यहाँ बस्न चाहे पनि अर्को थथप चार महिनाको मात्र म्याद थप्न पनइनछ । मलेसियाको अध्यागमन कानुनअनुसार कलिङ भिसाको म्याद ४ महिना हुन्छ । म्याद सकिएपछि पुनः एकपटक नवीकरण गर्न पाइन्छ । नवीकरण गरिएको भिसाको म्याद पनि ४ महिना नै हुन्छ । जमाजम्मी हुने आठ महिनापछि नेपालीहरु त्यही लुकेर बस्ने र सरकारलाई थप संकटटमा पार्ने मलेसियाली अधिकारीहरुकाो भनाइ छ ।
नेपाल सरकारले विगतमा नौमहिनासम्म रोक्दा मलेसिया जानेहरुको भिसा नवीकरणको म्याद सकिएको छ । म्याद सकिएपछि नेपाली कामदारलाई रोजगारीमा भित्र्याउन मलेसियाले आनाकानी गरिरहेको छ । अर्कोतर्फ, अन्य देशहरुबाट नेपालका भन्दा दक्ष रोजगार श्रमिकहरु मलेसियाले भित्र्याइरहेको छ । यसका कारण पनि मलेसिया चूप लागेर बसिरहहेको छ ।
यो काम सबै सरकारले बिगारेको र आफूहरुरहँदासम्म मलेसियाली रोजगारी निरन्तर चलिरहेको म्यानपावर कम्पनीहरुले बताइरहेका छन् । कतिपय म्यानपावर कम्पनकाअनुसार श्रममन्त्री गोकर्ण विष्टले आफ्ना मानिसहरुलाई मलेसियाली म्यानपावरको जिम्मा दिने भनिएकाले यो प्रक्रिया अबरुद्ध हुन गएको बताइएको छ ।