सगरमाथाको उचाई मापन गर्न प्रमको आग्रह

793
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न सगरमाथा जान लागेको टोलीलाई विदाई गरेका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गरे । उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको मापनसँगै सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न आग्रह गरे ।

टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल हुनुहुन्छ । पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङपासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेललाई पनि बिदाइ गरिएको छ ।