एकसय ४० बोरा गुट्खा बरामद

966
views

कैलाली २८, चैत । प्रहरीले बर्दियाको बासगढीबाट १ सय ४० बोरा गुट्खा बरामद गरेको छ । कैलालीबाट राजस्व छली गरी लैजाँदै गरेको अवस्थामा गुट्खा बरामद गरेको प्रहरीले जनाएको छ ।

कैलाली जिल्ला लम्कीचुवा नगरपालिकाबाट भे १ च ३०६२ नम्बरको बलेरो पिकअप जीपमा लैजाँदै गरेको गुट्खा बाँसगढी नगरपालिका वडा नम्बर–५ बाँसगढी बजारबाट बरामद गरिएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त कुमार गौतमले जानकारी दिए ।

बरामद गरिएको गुट्खा आवश्यक कारवाहीका लागि आन्तिरिक राजस्व कार्यालय कोहलपुरमा पठाएकोे छ । चालक चौधरीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ । कैलाली जिल्लास्थित श्रीदेउती गुट्खा इण्डष्ट्रिजबाट लक्ष्मी टेड्रिङ कोहलपुरमा उक्त गुट्खा पठाउन लागेको विल प्राप्त भएको प्रहरीले जनाएको छ ।