नेपाली सेनाका ६३ अधिकृतलाई कमाण्ड तालिम

786
views

काठमाण्डौँको शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ६३ सैनिक अधिकृतहरुका लागि कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गरिएको छ ।

तालिममा नेपाली सेनाका तर्फबाट ५० अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १ र १ गरी ३ अधिकृतहरुलगायत मित्रराष्ट्र श्रीलङ्का, चीन, दक्षिण कोरिया, नाईजेरिया, पाकिस्तान, बङ्गलादेश, भारत, माल्दिभ्स, लेवनान, र संयुक्त राज्य अमेरिकाका १र१ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ६३ जना अधिकृतहरु सहभागी भएका छन् ।

२०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले २०५० भाद्र २० गतेदेखि पहिलो पटक १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको थियो । हालसम्म नेपाली सेनाबाट ८७१, विभिन्न मित्रराष्ट्रहरुका ७३, नेपाल प्रहरीबाट १०, सशस्त्र प्रहरी बलबाट २२, राष्ट्रिय अनुसन्धान विभागबाट १३ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा ९९० जना शिक्षार्थी अधिकृतहरुले सफलतापूर्वक उक्त तालिम सम्पन्न गरीसकेका छन् ।

तालिमको निमित्त बलाधिकृत रथी शरद गिरीले गरे । तालिममा सहभागी अधिकृतहरुलाई बलाधिकृत रथी शरद गिरीले सफलताको शुभकामना दिए । शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले स्वागत मन्तव्य व्यक्त गरे ।