गण्डकीका ६ जनालाई रेफ्रीको अवसर

579
views

पोखरा । आठ औं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत ६ गतेदेखि भैरहवामा शुरु हुने तेक्वान्दो प्रतियोगितामा भाग लिने गण्डकी प्रदेशका खेलाडीहरुको पोखरामा एक समारोहका विच विदाई गरिएको छ ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ्ग र महासचिव रमेश पौडेलले खेलाडीहरुलाई शुभ–कामनासहित विदाई गर्नुभयो । सो अवसरमा अध्यक्ष गुरुङ्गले तेक्वान्दो खेलका लागि गण्डकी प्रदेश उर्भर भूमिंका रुपमा परिचित भएकाले खेलाडीहरुले यस खेलबाट स्वर्ण पदक ल्याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरि महासचिव पौडेलले खेलाडीहरुलाई मेडलसंगै व्यवसायिक रुपमा पनि सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा गण्डकी प्रदेश अन्तर्गत गोरखा, तनहुँ, कास्की, पर्वत, बाग्लुङ्ग र म्याग्दीका २२ खेलाडीले सहभागिता जनाउने छन् । यसअघि म्याग्दीमा आयोजित प्रदेश स्तरिय प्रतियोगितामा उत्कृट प्रर्दशन गरेका खेलाडीहरु छनौट हुन सफल भएका हुन्. ।

टोली प्रशिक्षकमा बलराम लामा र परशुराम बोहरा रहेका छन् । खेल खेलाउनका लागि गण्डकी प्रदेशकै ६ जना रेफ्रीलाई पनि सोही समारोहविच विदाई गरियो । रेफ्रीको अवसर पाउनेहरुमा सुनबहादुर लामा, कर्ण प्रधान, नन्दु विष्ट, राजन पौडेल, अरुण माझी र गंगाबहादुर श्रेष्ठ रहेका छन् ।