ठूलो पर्दाको पर्खाइमाः स्मृति

4237
views

निर्मल पौडेल । नेपाली लोकगित संगितका प्राय गितहरुमा अभिनय गरेकी उदाउँदी मोडल तथा नायिका स्मृति खवास पछिल्लो चरणमा चर्चामा छिन ।

बाल्यकालमा नृत्यमा निकै रुची राख्दथे, त्यसैको निरन्तरताले आज एउटा सफल मोडलको ठाउँमा उभिन प्रयत्न गरेकी छु । पहिलो पहिलो पटक त अभिनयमा निकै कठिनाई भो ।

जब अनुभवहरु बटुल्दै गए । त्यसपछिका अभिनयहरु सहजतामा हुन थाले । ‘बाजा धुनैमा’, ‘सिरीसिरी वतास’, ‘मलेवा सरर’, ‘बलेवा सरर’, ‘लाज मानेरै हो’ जस्ता गितहरुले एकैपटक चर्चामा ल्यायो ।

चलचित्र क्षेत्रमा समेत रुचि राख्ने स्मृति धनगढीमा जन्मेर गण्डकी प्रदेशशको राजधानी पोखरालाई कर्म थलो बनाएकी छिन ।

१९ बर्षिय स्मृति भविश्ष्यमा राम्रो डान्सर र नायिका बनेर नेपाली नृत्य क्षेत्र र सिने जगतमा योगदान दिने लक्ष्य रहेको बताउँछिन् । अवसर पाए ठूलो पर्दामा देखिने ईच्छा जाहेर गरेकी छिन् ।