शुभकामना आदानप्रदान

717
views

पोखरा । रानाभाट/भाट समाजद्वारा सञ्चालित पबित्र बचत तथा ऋण सहकारी संस्था लि.ले नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन गरेको छ ।

सहकारीका सल्लाहकारहरु चन्द्रबहादुर रानाभाट, राजेन्द्रकुमार रानाभाट, सु. बोधराज रानाभाटले संयुक्त रूपमा क्यालेन्डर बिमोचन गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अबसरमा सहकारीकी निवर्तमान अध्यक्ष तथा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको लायन बर्ष २०१९ र २० की अध्यक्ष मिना रानाभाटले शुभकामना व्यक्त गरिन् ।

संस्थाका अध्यक्ष शिबबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बुद्धि बहादुर रानाभाटले र संचालन सचिव गुप्त बहादुर रानाभाटले गरेका थिए ।