निसिमा तीन बर्षिय बालकको जलेर मृत्यु

976
views

सीताराम थापा
बागलुङ । जिल्लाको पश्चिम निसीखोलामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । शनिबार निसीखोला गाउँपालिका २ छरछरेमा स्थानीय बिमल सुनारको गोठमा आगलागी हुँदा उनका ३ वर्षीया छोरा विशाल सुनारको जलेर ज्यान गएको हो ।

गोठमा बालबालिका मात्रै रहेको अवस्थामा अचानक आगलागी हुँदा उक्त घटना भएको निसीखोला गाउँपालिका वार्ड नं. २ का वडा अध्यक्ष कुवीर विश्वकर्माले बताए ।

आगालागीबाट मानवीय क्षतिसहित तीनलाख बराबरको क्षति भएको अध्यक्ष विश्वकर्माले जानकारी दिए । आगोलाई स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । घटना पश्चात इलाका प्रहरी कार्यालय झिवाखोलाको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी कार्यालय बुर्तिवाङले जनमएको छ ।