साहित्यिक कार्यक्रममा एकसय बढी सर्जक

1087
views

निर्मल पौडेल
पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिवार धौलागिरीका करिव १ सयबढि सर्जकहरुको उपस्थितीमा ३ सर्जकहरुलाई एकै ठाउँमा उभ्याएर कार्यक्रम सम्पन्न भएको हो ।

पर्वत, वाग्लुङ र म्याग्दीमा जन्मेर साहित्य क्षेत्रमा लामो समयदेखी साधनारत सर्जकहरु विशेष गरी पर्वत साहित्य संगम पर्वतका उपाध्यक्ष कुशल सर्जक, मुक्तककार डि.आर शर्मा, वाग्लुङका सर्जक, गजलकार, पत्रकार महासंघ वाग्लुङका अध्यक्ष दिल श्रीस र म्याग्दीका सिर्जनशिल प्रखर कवि घायलश्री का साहित्यिक सिर्जनाहरुमा सर्जकहरु झुमेका हुन् ।

३ चरणमा गरिएको कार्यक्रममा सर्जकहरुले व्यापक मनोरञ्जनात्कता प्रदान गर्दै ओजनदार सिर्जना वाचन द्धारा साहित्यिक माहोल उचालेका थिए । सर्जकका सिर्जनाहरुमा वर्तमान समसामयिक व्यथिती,व्यङ्ग्य,खवरदारी,श्रृङ्गारिकता लगायतको भाव झल्किएको थियो । सर्जकको व्याक्तित्व परिचका साथमा सुरु भएको कार्यक्रममा धौलागिरीका विभिन्न व्याक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

रत्न श्रेष्ठ पुरस्कार गुठीका संरक्षक प्राज्ञ प्रेम छोटा, धौलागिरी साहित्य प्रतिस्ठान वाग्लुङका संस्थापक अध्यक्ष काजी रोशन,पर्वत साहित्य संगमका संरक्षक इन्द्रकुमार विकल्प, पर्वत साहित्य संगमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्री,वर्तमान अध्यक्ष राजेन्द्र पहाडी,सचिव खेमराज शर्मा चापागाई, धौलागिरी वहुमुखी क्याम्पसका पुर्व सहायक प्रध्यापक लक्ष्मीप्रसाद शर्मा पौडेल, धौलागिरी कला तथा साहित्य मञ्च वाग्लुङका संस्थापक सल्लाहकार निर्मल पौडेल एन.पी घायल, अध्यक्ष सिर्जना कार्की ,पर्वत साहित्य संगमका आजीवन सदस्य दिपसागर पौडेल, वुलवुल साहित्यिक पत्रिका म्याग्दीका सम्पादक चन्द्र वहादुर लामिछाने,म्याग्दी साहित्य सञ्चारकाका उपाध्यक्ष सन्दिप खत्री,नन्दकला हरिलाल साहित्य प्रतिष्ठानका संरक्षक गणनाथ पौडेल, लगायत अन्य सर्जकहरुको उपस्थिती रहेको थियो ।

हातेमालो साहित्य संगम वाग्लुङका अध्यक्ष सरु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी कोषाध्यक्ष लक्ष्मी पुन मगर र संञ्चालन संस्थाका सचिव मगर प्रेमले गरेका थिए । यसरी सर्जकहरु छनोट गरी एकैठाउँ राखेर कार्यक्रम गर्दा साहित्य प्रतिको लोकप्रियता, सर्जकहरुको आत्मसम्मान संगै आपसी सद्भाव कायम हुनुका साथै कृति तथा सिर्जनाहरुको मुल्य वढ्दै जाने अपेक्षा गरिएको छ ।