आईपीएलमा दिल्लीले पन्जावलाई हरायोः राजस्थानसँग मुम्बई ५ विकेटले पराजित

478
views

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली खेलाडी सन्दिप लामिछाने सहभागी दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । गएराति भएको खेलमा लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले पराजित गरेको हो ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा र्गयो ।

दिल्लीको जितमा शिखर धवन र श्रेयस आयरले अर्धशतक बनाए । धवन ५६ रनमा आउट हुँदा आयरले अविजित ५८ रन बनाए । यस्तै कोलिन इन्ग्रामले १९ रन बनाउदा पृथ्वी शले १३ रन बनाए ।

पन्जाबका हार्डुस भिलजोइनले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मन्दिप सिंहले ३० रन बनाए ।

पन्जाबविरुद्ध सन्दीपले ४० रन खर्चेर ३ विकेट लिए । यस्तै कागीसो राबडा र अक्षर पटेलले २र२ विकेट लिए । यो जितसँगै दिल्लीले लिगमा छैटौं जित हात पारेको छ । दिल्लीले १० खेलमा ६ जितसहित १२ अंक जोडेको छ ।

दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानको पन्जाबले १० खेलबाट १० नै अंक जोडेको छ । यसअघि हिजै भएको पहिलो खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा र्गयो । हारसँगै मुम्वईले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । ईमेज खबरबाट