‘आगोको लप्का’ हाइकु संग्रह विमोचन

1141
views

नुवाकोट, ८, वैशाख । साहित्यकार श्रीराम श्रेष्ठको ‘आगोको लप्का’ हाइकु संग्रहको विभाचन गरिएको छ । शनिवार विदुरमा एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको हो ।

हाइकु संग्रहको विमोचन मेघाङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेल, साहित्यकार श्रीराम श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका सचिव उपेन्द्र बुढाथोकी, पत्रकार शिव देवकोटा र समाजसेवी रामकृष्ण भट्ट लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । विमोचन कार्यक्रममा हाइकु संग्रहको समालोचनात्मक टिप्पणी गर्दै टिप्पणीकर्ता मुकुन्दराज अर्यालले हाइकु स्रग्रह नेपालकै अग्रणी हाइकु संग्रह रहेको बताए ।

त्यस्तै अर्काे टिप्पणीकार तथा शिक्षक रामप्रसाद चालिसेले हाइकु संग्रहमार्फत साहित्यकार श्रेष्ठले धेरै कुराहरुलई व्यङ्ग्य प्रहार गरेको बताए । त्यस्तै सो कार्यक्रममा पत्रकारका शिव देवकोटाले श्रेष्ठको हाइकुले नुवकोटको साहित्यमा नयाँ आयाम थप्ने बताए ।

आगोको लप्का विमोचन कार्यक्रममा साहित्यकारहरु प्रमिला परी, श्रीधर पाण्डे, रामराजा तिमिल्सेना, जानुका दाहाल लगायतले विभिन्न किसिमका रचनाहरु प्रस्तुत गरेका थिए ।